काठमाडौं १८ माघ / धुर्मुस सुन्तली फाउन्डेसनको अगुवाइमा भरतपुर चितवनमा निर्माणाधीन अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रंगशालालाई धादिङ गाउपालीकाले सय टिपर बालुवा सहयोग गरेको छ ।
गाँउपालिकाले सहयोग गरेको बालुवा नेपाल टिपर तथा ढुवानी व्यवसायी समितिले निुशल्क ढुवानी गरेको छ । त्यस्तै सुदिपा ट्रेडिङ कम्पनी प्रालिले कर छुटको व्यवस्था गरेको छ ।
राष्ट्रिय झण्डासहित ब्यानर हालेर ल्याइएको उक्त टिपरलाई धादिङको सिमानामा जोडिएको इच्द्धाकामना गाँउपालिकाकी अध्यक्ष गिता गुरुङले स्वागत गरेकी थिइन् । भरतपुर महानगरपालिकाले आँपटारीबाट स्वागत गरेको थियो ।
बालुवा लिएर रंगशाला तर्फ गइरहेको टिपरलाई स्वागतका लागि गाजाबाजा सहित तयारी अवस्थामा रहेको धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले जानकारी दिएका छन् ।