अमृत सापकोटा र श्रीमती सुनिताको स्वरमा नयाँ गीत

काठमाडौं / पछिल्लो केहि समय एता लोक गायक अमृत सापकोटाको निकै चर्चा छ कारण उनि र उनको श्रीमतीको प्रतक्ष दोहोरी हो।उनीहरु बिचको पहिलो गीतको भिडियो सुटिङ्ग सम्पन्न भएको छ।गीतमा अमृत र सुनिताको आवाज देखिन्छ भने भिडियोमा पनि चर्चित टिकटक देखि चर्चित मोडल सम्म देखिन्छन।

अमृत सापकोटा यो समय स्टेजमा धेरै ब्यस्त रहेका कलाकार हुन् भने उनकी श्रीमतीको पनि आवाज उस्तै सुमधुर छ।कमला घिमिरे संग दोहोरी गाएर एकाएक चर्चामा आएका अमृत सापकोटा सामाजिक संजालमा सबैतिर भाइरल भए जसको कारण उनको खोजि ब्यापक हुने गर्दछ ।

युट्युबबाट चर्चामा आएकी ११ बर्षिया भाइरल बाल गायिका कमला घिमिरे सँग उनलाई मिडियामा ल्याउने अमृत सापकोटाको पनि उतिकै रहेको छ । पहिलो गीत “छिया छानेको’ सर्वाधिक सफल भएपनि सापकोटाले दोस्रो गीत बजारमा ल्याउन लागेका हुन् ।

यस गीतमा अमृत सापकोटा र श्रीमती सुनिता सापकोटाको स्वर रहेको छ । भर्खरै मात्र छायांकन सकिएको गीतको भिडियोमा चर्चित मोडेलहरुको उत्कृष्ट अभिनय रहेको छ ।

Loading...
प्रकाशित मिति १८ माघ २०७६, शनिबार ०९:०४