गौतमबुद्ध क्रिकेट रंगशालामा यसरी पुग्यो १०० टिपर ( भिडियो हेर्नुहोस् )

माघ १८, काठमाडौं । धादिङको गल्छी गाउँपालिकाले रामपुरमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई १०० टिपर बालुवा उपलब्ध गराइएको छ । आज धादिङबाट १०० वटा टिपरले बालुवा रङ्गशाला ल्याएका हुन् । गल्छी गाउँपालिका वडा नं ४ का अध्यक्ष राजु अधिकारीले एक टिपरमा २६५ क्युफिट रहेकोे र प्रति टिप मूल्य रु ३० हजार हाराहारी पर्ने जानकारी दिए । सबै बालुवा रु ३० लाख बराबरको रहेको थियो ।

गाउँपालिकाले बालुवा र धोएको खर्च बेहोरेको र नेपाल टिपर तथा ट्रक व्यवसायी समिति कलङ्कीले ढुवानीको व्यवस्था गरेको उनले जानकारी दिए । भरतपुर महानगरपालिका वडा नं १५ रामपुरमा रङ्गशाला निर्माणाधीन रहेको छ । रङ्गशालामा रु ५० करोड सङ्कलन गर्ने लक्ष्यका साथ आइतबारदेखि धनधान्याञ्चल महायज्ञसमेत लगाइँदै छ ।

रु दुई अर्ब ५० करोडको लगानीमा जनस्तरबाट रङ्गशाला निर्माण गर्न लागिएको हो । यसको नेतृत्व धुर्मुश सुन्तली फाउण्डेसनले गरेको छ । गाउँपालिकाले आफुहरुले निर्माण गर्दै गरेको रंगशालालाई यति धेरै सहयोग गरेपछि फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुस निकै भावुक भएका छन् । उनले सहयोगका लागि गाउँपालिकालाई धन्यवाद ज्ञापन गरे ।

भिडियोः

गल्छी गाउँपालिका बाट निशुल्क रूपमा प्रदान गरेको एक सय टिप वालुवा नेपाल ट्रिपर तथा ट्रक व्यावसायि समिती ले रातो चन्द्र र सुर्य सहितको झण्डा राखेर जनस्तर बाट निर्माण भइ रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशालालाई सहयोग प्रदान गर्नु भएकोमा गल्छी गाउँपालिका र नेपाल ट्रिपर तथा ट्रक व्यावसायि समितिलाई हार्दिक धन्यवाद साथै आभार प्रकट गर्न चाहन्छु ।  ´ रास्ट्र निर्माण तपाईं हाम्रो अभियान `

( सिताराम कट्टेल धुर्मुस )

Loading...
प्रकाशित मिति १८ माघ २०७६, शनिबार १६:३९