राजेश पायल राईको ‘हुरुक्कै भएँ म’ सार्वजनिक {भिडियो सहित}

काठमाडौं १८ माघ / लोकप्रिय गायक राई इज किङ राजेश पायल राईको स्वरमा नयाँ गीत हुरुक्कै भए म सार्वजनिक भएको छ । सिवानी एल्बम समेटिएको यस गीतलाई गीतकार राजन मुकारुङले लेखेका हुन् । दिनेश काजी बान्तवाको संगीतमा राजु कार्कीको एरेन्ज रहेको छ ।

रमणीय स्थलहरुमा छायांकन गरिएको गीतको भिडियोमा निकै नै सुन्दर दृश्यहरु देख्न सकिन्छ भने, कलाकार द्वय चर्चित अभिनेता दयाहाङ राई र मोडेल एलिशा राईले उत्कृष्ट अभिनय गरेका छन् । किरण चाम्लिङ राईलृ निर्देशन गरेको भिडियोलाई भुपेन्द्र तुम्बाहाङ्फेले खिचेका हुन् ।

अनिल रानाले सम्पाद गरिएको यस भिडियोलाई गायक राजेश पायल राईले आफ्नै अफिसियल युट्युब च्यानल “दर्शन नमस्ते” बाट बजारमा ल्याएका छन्

गीतको पूरा भिडियो हेर्नुहोस् ।

Loading...
प्रकाशित मिति १८ माघ २०७६, शनिबार १७:२८