सुनसरीमा बस र हायस ठोक्किँदा ३ जनाको मृत्यु

काठमाडौं /  एका बिहानै बस र माइक्रोबस एक आपसमा ठोक्किँदा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको इनरुवास्थित पितृवना सडकखण्डमा बस र माइक्रोबस जुध्दा ३ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य ७ जना घाइते भएका छन्।

बाग्लुङबाट आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस र काठमाडौं जाँदै गरेको सप्तकोशी यातायातको बा ५ ख ३१५७ नम्बरको माइक्रो बस आइतबार बिहान ठोक्किएका हुन्। दुर्घटनामा हाइस माइक्रो बसका चालक र दुई जना यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ।

एकजना महिला, दुईजना पुरुषको मृत्यु भएको तर उनीहरुको परिचय नखुलेको जनाइएको छ। मृतक र घाइतेहरु सबै माइक्रो बसका हुन्। घटना सम्बन्धी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फाइल तस्बिर / चौतारी मिडिया

Loading...
प्रकाशित मिति १९ माघ २०७६, आईतवार ०३:५६