८ बर्षिया बालिकालाई कृष्ण कंडेलले पुरै पढाउने जिम्मा लिए

काठमाण्डौ, माघ १९। इन्द्रेणीबाट एकाएक भाइरल भएकी ८ बर्षिय बालिका आयुसा गौयमको अर्को सपना पुरा भएको छ।दोहोरीमा सर्बाधिक रुचाएकि उनि अर्का लाइभ दोहोरीमा सबैले मन पराएका गायक रबिन लामिछाने संग दोहोरी खेलेर आफ्नो ठुलो सपना पुरा गरेको बताउछिन।केहि समय अगाडी उनले रबिन लामिछाने संग दोहोरी खेल्ने ठुलो चाहना रहेको बताएकी थिइन

उनि सबैको मन मुटुमा बस्न सफल भएकी बाल गायिका हुन्।कमला घिमिरे पछिकै सबैको मुटुमा बसेकी सानी बालिकाको कलाको यो समय निकै सम्मान छ।उनि आफुलाई कमला घिमिरे जस्तै चर्चामा आउन चाहन्छिन।तर उनि अहिले पढाइलै ध्यान दिने र पछि आउने समेत भन्छिन।अहिले उनि २ मा पढ्ने बालिका हुन।पढाइमा समेत प्रथम रहने उनि आफुलाई स्कुल र दोहोरी दुबैमा निरन्तरता दिने बताउछिन।

पुराना सर्जक तथा वरिष्ठ कलाकारहरुको उच्च सम्मान र नयां प्रतिभालाई अवसर दिदै आईरहेको इन्द्रेणी कार्यक्रममा बाल प्रतिभाहरुको सहभागिता बढीरहेको पाइन्छ । मौलिक कला संस्कृतिको जगेर्ना गर्नुको साथै सेवा, सन्देश र मनोरञ्जन एकैसाथ प्रवाह हुने इन्द्रेणी कार्यक्रम पछिल्लो समयमा विश्वभरि नै अत्याधिक लोकप्रिय बन्दै गई रहेको छ ।

यसै क्रममा काभ्रेकी ८ बर्षिय आयुषा गौतम संग अद्भुत क्षमता भएको पाईएको छ । उनी अहिले २ कक्षामा अध्ययनरत् छिन् । आफ्नी आमासंग काठमाण्डौं घुम्न आएकि आयुषालाई इन्द्रेणी समाजका अध्यक्ष तथा सञ्चालक कृष्ण कंडेलले गीत गाउने अवसर जुटाउनु भएको थियो । पहिलो दोहोरी गीत इन्द्रेणीकै कलाकार छत्र बहादुर शाहीसंग गाउंदा दर्शक स्रोताको मन जितेकी छिन् ।

सबैको साथ सहयोग र हौसलाको केन्द्रबिन्दु बनेको इन्द्रेणीमा दोस्रो आयुषा गौतमको प्रस्तुति रहेको छ । इन्द्रेणीमा पहिलो पटक आयुषा गौतम र छत्र शाही संगको कार्यक्रमलाई दर्शकले अत्यधिक मन पराउनु भएको कारणले गर्दा उहाँको दोस्रो पटक प्रस्तुति रहेको हो । यस पटक भने लोक तथा दोहोरी गायक रविन लामिछाने र आयुषा गौतमको घम्साघम्सी दोहोरी रहेको छ ।

गीत संगीतका वरिष्ठ गायक तथा सर्जक प्रेम राजा महतको उपस्थिति संगै अन्य विभिन्न स्थानबाट पाल्नु भएका सयौं दर्शक हरुको सहभागीता रहेको थियो ।

Loading...
प्रकाशित मिति १९ माघ २०७६, आईतवार ११:४३