नेपाल टेलिभिजनमा सञ्चालिकाले ३५ बर्षपछि ३१ बर्ष भनेपछि ( सञ्चालिकाले मागिन् माफी )

काठमाडौं २० माघ  / दुई दिन अघि नेपाल टेलिभिजनको इटहरी शाखाको औपचारिक प्रशारणको समारोहमा कार्यक्रम सञ्चालिकाले गरेको सामान्य गल्तीलाई मानिसहरुले मजाक उडाएका छन्। एउटा सानो भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल नै बनाइएको छ।

कार्यक्रम सञ्चालिकाले ‘३५ बर्ष पुरा गरि ३६ बर्षमा प्रवेश गरेको’ भन्नुपर्नेमा ३१ बर्ष भनेको भिडियोमा सुन्न सकिन्छ। सामान्य मानवीय त्रुटीलाई गम्भीर बिषय बनाइएपछि कार्यक्रम सञ्चालिकाले माफि मागेकि छन्। उनले भुलवस त्यस्तो हुन गएको बताएकि छन

यस्तो छ अनिता विन्दुको स्टाटस् :

नेपाल टेलिभिजनकाे ३५अाै वार्षिकोत्सबकाे कार्यक्रम सञ्चालनका क्रममा ३५ वर्ष पूरा गरी ३६ वर्षमा प्रवेश भन्नुपर्नेमा ३५ वर्ष सही उच्चारण भए पनि भुलवश ३६ काे ठाउँमा अन्यथा पर्न गएकाे थाहा पाँउदा दुख लागेकाे छ ।

गल्ती औल्याई दिनु भएकाेमा सम्पूर्ण सज्जन महानुभावहरूमा अाभार व्यक्त गर्दछु । भावी दिनमा अरू बढी सचेतता अपनाउने प्रयास गर्नेछु ।

Loading...
प्रकाशित मिति २० माघ २०७६, सोमबार ००:५३