कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३६१ पुग्यो

काठमाण्डाै / कोरोना भाइरसका कारण चीनमा ज्यान गुमाउनेको संख्या ३ सय ६१ पुगेको छ ।

एकै दिन ७५ जनाको ज्यान गएपछि सोमबार बिहानसम्म ज्यान गुमाउनेको संख्या ३ सय ६१ पुगेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले पुष्टि गरेको बीबीसीले जनाएको छ । चीन बाहिर आइतबार फिलिपिन्समा पनि एक जनाको ज्यान गएको छ ।

यस्तै थप ३ हजारमा कोरोना संक्रमण भएको पनि चीनको राष्ट्रिय स्वास्थ्य आयोगले पुष्टि गरेको छ । अब संक्रमितको संख्या चीनमा मात्र १७ हजारभन्दा धेरै भएको छ ।

चीनभन्दा बाहिर २४ देशमा गरी १ सय ५० जनामा कोरोना संक्रमण भएको पुष्टि भैसकेको छ ।

Loading...
प्रकाशित मिति २० माघ २०७६, सोमबार ०३:१८