फेरि यसकारण चर्चामा प्रियंका कार्की

काठमाडौं / नायिका प्रियंका कार्की हाल युरोप भ्रमणमा रहेकी छिन् । युरोप भ्रमणको सिलसिलामा उनी बार्सिलोनाको फुटबल खेल हेर्नकै लागि स्पेन पुगेकी छिन् । नाउ क्यापमा स्पेनिस ला–लिगामा अन्तर्गत बार्सिलोना र लेभान्टेबीचको खेल उनले हेरेकी थिइन् । गएराति भएको सो खेलमा बार्सिलोना विजयी भएको थियो ।

आफ्ना प्रेमी आयुष्मान देशराजसँगै त्यहाँ पुगेकी उनले दुई दिनअघि आफू बार्सिलोनाको खेल हेर्न निकै उत्साहित रहेको इन्स्टाग्राममार्फत बताएकी थिइन् । गएरातिको खेल हेरेपछि बार्सिलोनाले सोमबार आफ्नो अफिसियल फेसबुक पेजमा प्रियंकाको फोटो सेयर गरेको छ । फोटोको क्याप्सनमा देखिएको छ ‘वी लभ नेपाल’ अर्थात (हामी नेपाललाई माया गर्छौँ) ।’

बार्सिलोनाको फ्यान प्रियंकाको सेयर गरिएको तस्बिरमा उनी भुवादार सेतो पहिरनमा देखिएकी छिन् । यसैबीच प्रियंकाले बार्सिलोनामा आयुष्मानसँगको एक प्रेमिल फोटोसहित अन्य केही घुमघामका तस्बिर पनि सार्वजनिक गरेकी छिन् । प्रियंकालाई खेल हेर्ने अवसर चर्चित सामाजिक सञ्जाल भाइबरले जुराएको बताइएको छ ।

Loading...
प्रकाशित मिति २० माघ २०७६, सोमबार १८:१४