आज रातिबाट फेरि हिमपात र वर्षा हुने

काठमाडौँ  / आज राति हिमपात र वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज राति पहाडी क्षेत्रमा वर्षा र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया सफा रहने छ।

देशको पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपात हुने छ ।

यसैगरी, दिउँसो भने देशको पहाडी भूभागमा आंशिक बदली भइरहने छ । अहिले नेपालमा कुनै पनि मौसमी प्रणाली पनि नभएको महाशाखाले जनाएको छ ।

अन्य समाचार

नायिका प्रियंका कार्की हाल युरोप भ्रमणमा रहेकी छिन् । युरोप भ्रमणको सिलसिलामा उनी बार्सिलोनाको फुटबल खेल हेर्नकै लागि स्पेन पुगेकी छिन् । नाउ क्यापमा स्पेनिस ला–लिगामा अन्तर्गत बार्सिलोना र लेभान्टेबीचको खेल उनले हेरेकी थिइन् । गएराति भएको सो खेलमा बार्सिलोना विजयी भएको थियो ।

आफ्ना प्रेमी आयुष्मान देशराजसँगै त्यहाँ पुगेकी उनले दुई दिनअघि आफू बार्सिलोनाको खेल हेर्न निकै उत्साहित रहेको इन्स्टाग्राममार्फत बताएकी थिइन् । गएरातिको खेल हेरेपछि बार्सिलोनाले सोमबार आफ्नो अफिसियल फेसबुक पेजमा प्रियंकाको फोटो सेयर गरेको छ । फोटोको क्याप्सनमा देखिएको छ ‘वी लभ नेपाल’ अर्थात (हामी नेपाललाई माया गर्छौँ) ।’

बार्सिलोनाको फ्यान प्रियंकाको सेयर गरिएको तस्बिरमा उनी भुवादार सेतो पहिरनमा देखिएकी छिन् । यसैबीच प्रियंकाले बार्सिलोनामा आयुष्मानसँगको एक प्रेमिल फोटोसहित अन्य केही घुमघामका तस्बिर पनि सार्वजनिक गरेकी छिन् । प्रियंकालाई खेल हेर्ने अवसर चर्चित सामाजिक सञ्जाल भाइबरले जुराएको बताइएको छ ।

Loading...
प्रकाशित मिति २१ माघ २०७६, मंगलवार ०२:१०