प्रदिप खड्का स्टारर ‘प्रेम गीत ३’ को हाती ढुङ्गामा

काठमाडौं, २१ माघ । वर्षकै बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत–३’को पहिलो गीत सार्वजनिक भएको छ । निर्माता÷निर्देशक सन्तोष सेनले मंगलबार युट्युवमार्फत फिल्मको ‘हात्ती ढुंगामा’ गीतको भिडियो सार्वजनिक गरेका हुन् ।

हर्क साउदको शब्द तथा कल्याण सिंहको संगीतमा गीतलाई सागर आले र मेलिना राईले स्वरबद्ध गरेका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको यस गीतको भिडियोलाई बनिष साह र भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् ।

सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु प्रदीप खड्का, क्रिष्टिना गुरुङ, सुनिल थापा, माओत्से गुरुङलगाएत फिचर्ड छन् । मनाङको रमणीय स्थलमा छायाङ्कन गरिएको गीतको भिडियो उत्कृष्ट बनेको छ । गीतको भाव अनुसारनै कलाकारहरुको ड्रेसअप पनि गरिएको छ ।

गीतको भिडियो रिलिजसँगै ‘प्रेमगीत–३’को निर्माण टिमले प्रचार–प्रसारलाई तीब्रता दिएको छ । नयाँ वर्षको अवसरमा यही चैत २८ गतेबाट सम्पूर्ण दर्शकमाझ रिलिजमा आउँदै गरेको यस फिल्मलाई सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गरेका हुन् ।

आसुसेन फिल्मसको व्यानरमा निर्माण भएको ‘प्रेमगीत–३’ अ फर्विडन लभस्टोरीमा प्रदीप खड्का, क्रिष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुष्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा क्षेत्री, समृद्धि शाही ठकुरी, कृजन गौतम, जीवन बराल, लक्ष्मी बर्देवा, जीवन भट्टराई, सुजल बस्नेत, राज थापा लगाएत मुख्य भूमिकामा छन् ।

फिल्मलाई सन्तोष सेनले निर्माण गरेका हुन् । फिल्मको कार्यकारी निर्माताको रुपमा चक्र बहादुर चन्द र डम्बर विक्रम सेन (मिलन) रहेका छन्, भने सह–निर्माताको रुपमा कुमान सान साह रहेका छन् ।

 

Loading...
प्रकाशित मिति २१ माघ २०७६, मंगलवार ११:४०