गायिका बबिता बानियाँ जेरिले कसे लगन गाँठो

काठमाडौं २१ माघ / दोहोरीकी रानी भनेर चिनिने लोक तथा दोहोरी गायिका बबिता बानियाँ जेरि र गायक शंकर क्षेत्री वैवाहिक बन्धनमा बाधिएका छन् । पाँच बर्षको लामो प्रेम सम्बन्ध पछि बबिता र शंकरले परिवारको सहमति मै विवाह गरेका हुन् ।

यी जोडीले धुम्बाराहि स्थित सुर्य क्याटेरिङ पार्टी प्यालेसमा आज धुमधामका साथ विवाह सम्पन्न गरेका हुन् । लोकदोहोरी क्षेत्रमा चर्चित प्रेम जोडीका रुपमा चर्चा पाएका यी जोडीले अन्ततः लामो प्रेम सम्बन्धलाई श्रीमान श्रीमतीको रुपमा परिणत गरेका हुन् ।

प्रत्येक्ष लाइभ दोहोरीमा गायिका बबिता बानियाँ जेरिको नाम शिर्ष स्थानमा आउने गर्दछ । बबिताले दोहोरीमा सवालको जवाफ फर्काउने शब्दहरुलाई लिएर धेरैले प्रशंसा गरेको पाइन्छ । शब्द चयनमा माहिर बानियाँको धेरै गीतहरु बजारमा चर्चित छन् ।

सुरुवाती दिनदेखिनै सँगसँगै सहकार्य गरेका शंकर क्षेत्री र बबिता बानियाँ धेरै जसो मेला महोत्सव र सांगीतिक कार्यक्रमहरुमा सँगै देखिँदै आएका थिए ।

Loading...
प्रकाशित मिति २१ माघ २०७६, मंगलवार १३:३६