सबैलाई रुवाउने गीत ‘पासपोर्ट हरियो’ सार्वजनिक {भिडियो हेर्नुहोस् }

काठमाडौं / सामाजिक सञ्जालमा भाइरल बनेको सबैको प्रतीक्षा गरिएको बहुप्रतिक्षित गीत पासपोर्ट हरियो सार्वजनिक भएको छ ।

बैदेशीक रोजगारको विषयलाई लिएर तयार पारिएको सो गीतलाई स्मृति तिमिल्सीनाले निर्देशन गरेकी छन भने गीतलाई गणेश अधिकारीले लय तथा शब्द सिर्जना गरेका छन । अत्यन्तै मार्मिक सो गतिलाई गणेश अधिकारी र अस्मिता बुढाथोकोको आवाज रहेको छ ।

गीतको सामाजिक सञ्चालमा चर्चा भइरहेको छ,सबैले राम्रो प्रतिक्रिया दिइरहनु भएको छ, विगतका सिर्जना जस्तै यो गीतलाई पनि सबैले माया गर्नेमा आफू आशावादी रहेको गायक तथा सर्जक अधिकारीले हामीलाई बताउनु भयो ।

गीतमा सारिका केसी र राजन विक तथा साथीहरुको अभिनय रहेको छ । गीतमा सबै टिमले निकै मेहनत गरेका छन् । भने आक्रमक प्रतिक्रिया समेत गीतले पाउन सुरु गरेको छ । आउनुहोस् सो गीतको पुरै भिडियो हेरौ ।

Loading...
प्रकाशित मिति २१ माघ २०७६, मंगलवार १५:३४