बुढो हुने रहर

चौतारी / यति बेला समाजिक सञ्जाल सेलिब्रेटीहरुको तस्बिरले भरिएको छ, आफुलाई बुढेसकालमा कस्तो देखिन्छ भनेर हेर्न मिल्ने मोबाइल एपको सहारामा तस्बिर एडिट गरेर सेयर गरिरहेका छन् ।

यस्को सुरुवात हाँस्यकलाकार अभिनेता तथा निर्माता दीपकराज गिरीले गरेका थिए । एका विहानै साउने सक्रान्तीको शुभकामना लेखेर तस्बिर सेयर गरेपछि अहिले सबैले तस्बिर एडिट गरेर फेसबुकमा राखेका छन् ।

केदार घिमिरे “माग्ने बुढा” जितु नेपाल ‘मुन्द्रे’ मनोज गजुरेल , सुदर्शन थापा लगायतका कलाकारहरु तस्बिरमा बूढो बनेकन छन् ।

जितु नेपाल

मनोज गजुरेल

दीपा श्री नीरौला

Loading...
प्रकाशित मिति १ श्रावण २०७६, बुधबार ०९:२३