मलेसिया आउन पैसा लाग्दैन : नेपाली राजदूतावास

काठमाडौं / मलेसिया आउन नेपाली श्रमिकलाई कुनै पनि खर्च नलाग्ने मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ । बुधबार सूचना जारी गर्दै दूतावासले यस्तो जनाएको हो । दूतावासले दूतावासबाट प्रमाणीकरण भएको मागपत्र प्राप्त गर्न पैसा तिर्न नपर्ने पनि जानकारी सूचनामा गराइएको छ।

मलेसियाबाट आएको मागपत्र प्रमाणित गरी वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणालीमा अपलोड हुने र त्यसको जानकारी सबै इजाजत प्राप्त नेपाली संस्थालाई स्वतः जाने भएकाले मागपत्र प्रमाणीकरण सम्बन्धि नक्कली कागजात बनाई रकम असुल्ने काम भइरहेको समेत दुताबासले जनाएको छ ।

नक्कली कागजातबाट टाढै रहन पनि दूतावासले सुझाव दिएको छ। कतैबाट माग पत्र प्राप्त गर्नका लागि पैसा लिएको पाएमा दूतावासलाई जानकारी गराउन पनि पनि अनुरोध गरेको छ ।

दूतावासबाट जारी सूचनामा मलेसियामा भएका कामहरु प्रमाणीकरण गरेर दुतावासको वेभसाइटमा राखेको हुँदा नक्कली कागजातबाट हुने ठगीबाट बच्न पनि आग्रह गरिएको छ।

Loading...
प्रकाशित मिति २४ माघ २०७६, शुक्रबार ०३:४२