विश्वकै अग्लाे कलश बागलुङमा

बागलुङ / बागलुङको पञ्चकोटमा संसारकै अग्लो कलश निर्माण गरिने भएको छ । पञ्चकोटमा आन्तरिक र बाह्य पर्यटक आउने क्रम शुरु भएसँगै यस्तो अभियान शुरू भएको हो ।

हिन्दू र बौद्ध धर्मावलम्बीका लागि पञ्चकोटलाई दर्शनको गन्तव्य बनाउने तयारी छ । दुई वर्षअघि बागलुङ नगरपालिका भित्रका ताराजालकोट, राङराङकोट, माझकोट, कारिकोट र संसारकोटमा पूर्वाधार निर्माणसँगै पञ्चकोटको बृहत्तर विकासका लागि गुरुयोजना बनाइएको थियो ।

यहाँका होटल व्यवसायीका अनुसार मुक्तिनाथ जाने पर्यटक बागलुङमा एक दिन बसेर कालिका र पञ्चकोट घुमेर जाने क्रम शुरु भइसकेको छ ।

मुक्तिनाथ पिठाधीश्वर कमलनयनाचार्यको अगुवाइमा यो अभियान शुरु भएको हो ।

Loading...
प्रकाशित मिति २४ माघ २०७६, शुक्रबार १०:०९