कप्तान ज्ञानेन्द्र मल्ल आउट

काठमाण्डौ / आईसीसी विश्वकप क्रिकेट लिग २ मा ओमानसँग खेलिरहेका नेपालका कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक पूरा गरेर आउट भएका छन् ।

७० औं बलमा चौका प्रहार गर्दै ज्ञानेन्द्रले ५३ रन बनाएका छन् ।

उनले ६ चौका र एक छक्का प्रहार गरेका छन् । यो एक दिवसियमा ज्ञानेन्द्रको दोश्रो अर्धशतक हो । यसअघि उनले नेदरल्याण्डसँगको खेलमा ५१ रन बनाएका थिए ।

कप्तान मल्ल आउट भएसँगै नेपालले ४ विकेट गुमाएको छ ।

Loading...
प्रकाशित मिति २६ माघ २०७६, आईतवार ०५:५३