काठमाडौं / आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपाल अहिले ओमानसँग भिड्दै छ। पहिले व्याटिङ गरेको नेपालले ओमानलाई जितका लागि २५० रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा ओमानले टस जितेर नेपाललाई ब्याटिङको निम्ता दिएको छ।
५० ओभरमा नेपालले ८ विकेट गुमाएर २४९ रन बनाएको छ । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५६ रन बनाए ।
पारस खड्काले ३८, विनोद भण्डारीले ३५, कुशल मल्ल २८, ओपनर सुवास खकुरेलले २२, आरिफ शेखले २८, करण केसीले १०, सन्दीप लामिछानेले १०, कमलसिंह ऐरीले ९ रन बनाए उपकप्तान दिपेन्द्रसिंह ऐरी शुन्य रन मै आउट भए ।
आईसीसी विश्वकप क्रिकेट लिग २ मा ओमानसँग खेलिरहेका नेपालका कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक पूरा गरेका छन् । ७० औं बलमा चौका प्रहार गर्दै ज्ञानेन्द्रले ५३ रन बनाएका छन् ।
उनले ६ चौका र एक छक्का प्रहार गरेका छन् । यो एक दिवसियमा ज्ञानेन्द्रको दोश्रो अर्धशतक हो । यसअघि उनले नेदरल्याण्डसँगको खेलमा ५१ रन बनाएका थिए ।