आहा ! नारायणी नदिमा पानी जहाज

चितवन, २६ माघ / नारायणी नदीमा आगामी फागुन महिनादेखि ‘रिभर क्रुज शिप’ (सानो पानीजहाज) सञ्चालनमा आउने भएको छ ।

भरतपुर महानगरपालिका–१६ मा क्रुज शिप निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सरकारले पानी जहाजसम्बन्धी उद्योग दर्ता गर्न पाउने निर्णय गरेसँगै यहाँ जहाज निर्माण शुरुआत भएको थियो ।

क्रुज शिप निर्माण गर्दै गरेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलका अनुसार पानीजहाजसम्बन्धी उद्योग दर्ताको प्रावधान नभएकाले काममा केही ढिलाइ भएको थियो ।

मन्त्रिपरिषद्को बैठकले उद्योग दर्ता गर्न पाउने निर्णय गरेसँगै अगामी महिनादेखि सानो जहाज सञ्चालनमा ल्याइने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बाहिरको एसीपी लगाउन र सिसा राख्न बाँकी छ, केही दिनमा काम सक्छौँ ।”

Loading...
प्रकाशित मिति २६ माघ २०७६, आईतवार ०७:३५