रंगशाला निर्माण हुँदै गर्दा धुर्मुस सुन्तलीले गरे दुखद् घोषणा

काठमाडौं २६ माघ / हाँस्यकलाकार एवंम सामाजीक अभियान्ता सिताराम कट्टेल धुर्मुसले अब कहिल्यै नमाग्ने बताएका छन । भरतपुरमा पत्रकारहरुसँग उनले रंगशाला निर्माण सम्पन्न भएपछि कहिल्यै नमाग्ने बताएका हुन ।

आफुहरुले देश विदेशमा रहेका नेपालीहरुको सहयोगमा धेरै आयोजनाहरु सम्पन्न गरेको बताउदै धुर्मुसले रंगशालापछि कसैलाई नमाग्ने बताए । उनले भने ‘हिजो पनि सहयोग मागेरै काम गरीयो, रंगशाला पनि जनताकै सहयोगमा निर्माण भईरहेको छ, सँधैभरी मागेर चल्दैन ।’

धुर्मुसले रंगशाला निर्माण सम्पन्न भएपछि सामाजीक क्षेत्रमा खर्च गर्नेगरी कोष खडा गरेर अघि बढ्ने योजनामा रहेकाले त्यसपछि माग्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास व्यक्त गरे । उनले रंगशाला जनस्तरबाट बन्नेभएकाले यो परियोजना सम्पन्न गर्न भने सवै नेपालीको साथ सहयोग आवश्यक रहेको बताए ।

Loading...
प्रकाशित मिति २६ माघ २०७६, आईतवार १५:३५