आयुष्मा कार्की फिचर्ड तीज गीत ‘ एक नम्बर’ सार्वजनिक {भिडियो }

काठमाडौं / नेपालीहरुको महान पर्व हरितालिका तीज अब नजिक नजिक आइरहेको छ । यसै पर्वलाई लक्षीत गरि नयाँ नयाँ गीतहरु सार्वजनिक हुनेक्रम तातिरहेको छ ।

यसै अवसरमा एक नम्वर बोलको गीत भर्खर मात्र सार्वजनिक भएको छ । दिपक कुमार र विनु क्षेत्रीको आवाज रहेको सो गीतमा सावित्रा सानु र दिपक कुमालले शब्द सिर्जना गरेका छन भने सुरज परियारले भाका बनाएका छन । भिडियो

https://youtu.be/Y24KclWmhss

किशोर खत्री,आयुष्मा कार्की र पंकज ढकालको अभिनय रहेको सो गीतको म्युजिक भिडियो निर्देशन सिर्जन बरालले गरेका छन भने जनता डिजिटलले गीतको बजार ब्यवस्थापन गरेको छ ।

Loading...
प्रकाशित मिति १ श्रावण २०७६, बुधबार १२:२१