हराइरहेकी कल्पना चौधरी बिराटनगर रेष्टुरेन्टमा भेटिइन् [भिडियो ]

काठमाडौं २८ माघ / केहिदिन अगाडि सामाजिक सञ्जालमा एक भिडियो भाइरल भएको थियो । उक्त भिडियोमा एक युवतीलाई ५/६ जना मिलेर नि^र्घात कुट^पिट गरिएको देख्न सकिन्थ्यो।

उक्त भिडियो जताततै भाइरल भएपछि काठमाडौंबाट एक महिलाले कु¥टाई खाने मेरो छोरी हो भन्दै मिडियामा आएकी थिइन् । तर,भिडियोमा कु’टाइ खाने युवती कल्पना चौधरी नभई मोरङकी रेविका बिसी भएको खुल्न आएपछि कल्पना कहाँ छिन् भन्ने जिज्ञासा जागेको थियो ।

अन्ततः कल्पना चौधरी बिराटनगरको एक होटलमा काम गर्दै गरेको अवस्थामा फेला परेकी छिन् । होटलमा भेटिएकी कल्पनाले टेलिफोनमा आमासँग कुराकानी गरेर काठमाडौं आउँदै गरेको जानकारी गराएकी छिन् ।

आमासँगको सामान्य झगडामा कल्पनाले घर छाडेर हिडेको खुल्न आएको छ । रिचार्ज कार्ड किन्न घरबाट निस्केकी कल्पनाले आमासँग बस्न नचाहेरै भागेको हुन सक्ने आमाले बताएका छन् ।

Loading...
प्रकाशित मिति २७ माघ २०७६, सोमबार २३:४६