काठमाडौं २८ माघ / यहि १७ गते छोराको व्रतबन्धको का’र्यक्रम राखेका कार्की सोमबार दिउँसो खाना खाएर निम्ता कार्ड छा’प्न जाने यो’जनामा थिए।
त्यसका लागि उनले न’जिकै बस्ने भिनाजुलाई पनि तयार र’हन भनिसकेका थिए। अर्को महिना छोराको व्रतबन्ध गर्ने यो’जना मुनाकै चा’हनामा बनेको आफन्तले बताए। तर, छोराको व्रतबन्ध गर्ने मुनाको चाहना अब सपनामा मात्र सी’मित भएको छ।
सरकारी सेवाबाट अ’वकाश पाएपछि कार्की सधैँजसो बिहान गल्फ खेल्न सिनामंगल जाने गर्थे। सोमबार पनि गए तर, उनले गल्फ खेलेनन्। पशुपतिनाथको मन्दिर गएर दुई घण्टा लगाएर पूजापाठ गरे।
११ बजेतिर घर फर्केर हर्न बजाए तर ढोका खुलेन। आफैँले खोलेर गाडी पार्क गरे र घरभित्र पसे। घरभित्र पस्नेबित्तिकै कामदार विजय चौधरी झु’ण्डिएको अवस्थामा देखे। उनको सातो उड्यो।
हतार हतार दौडिएर पहिलो तल्लामा रहेको भान्सामा पुग्दा उनले जस्तो दृश्य देखे, तत्काल उनलाई सारा जीवन अन्धकार लाग्न थाल्यो।
उनकी ४९ वर्षीया श्रीमती मुना कार्की र’गतको आ’हालमा डु’बेकी थिइन्। उनले केही सोच्नै सकेनन्। उनी त्यहीँ मुर्छा परेर ढले। १० मिनेटपछि उठेर उनले चि’च्याए, ‘मेरो श्रीमती मा’र्यो…!’