काठमाडौँ, २७ माघ / प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको कार्यकाल सकिएको छ । अनिवार्य अवकाश पाउन लाग्नुभएका खनालको कार्यकालमा के-के उपलब्धि भए त ?
शान्ति-सुरक्षा कायम राख्न नसकेको भनी आलोचना समेत खेप्नुभएका महानिरीक्षक खनालको कार्यकालमा थुप्रै राम्रा काम पनि भएका थिए ।
विसं २०४६ साल माघ २९ गतेका दिन प्रहरी निरीक्षकबाट नेपाल प्रहरी सेवामा प्रवेश गर्नुभएका खनाललाई सरकारले २०७४ चैत २७ गते प्रहरी महानिरीक्षकमा बढुवा गरेको थियो ।
३० वर्षे सेवा अवधिका कारण महानिरीक्षक खनालले अनिवार्य अवकाश लिन लाग्नुभएकाे हाे । उहाँकाे मंगलबार नै बिदाइ गरिने कार्यक्रम तय भएकाे जनाइएकाे छ । पुगनपुग २ वर्षको उहाँकाे कार्यकालमा केही महत्वपूर्ण र प्रशंसनीय काम पनि भएका छन् ।