सर्वेन्द्र खनाल विदा भए सँगै नयाँ आईजिपीमा ठाकुर ज्ञवाली नियुक्त

काठमाडौँ, २८ माघ / गृह मन्त्रालयले ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त गरेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र गृह सचिव महेश्वर न्यौपानेले ज्ञवालीलाई आईजीपी बनाउने प्रस्ताव लैजाने निर्णय गर्नु भएको हो ।

हिजोको मन्त्रिपरिषद बैठकबाट आईजीपी कस्लाई बनाउँने भन्ने निर्णय हुन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री थापा र मुख्य सचिव लोकदर्शन रेग्मीसँग छुट्टै छलफल गरेका थिए ।

प्रधानमन्त्रीसँगको सल्लाहपछि गृहमन्त्री रामबहादुर थापाले ज्ञवालीको नाम मन्त्रिपरिषद्‍मा लगेका छन् । गृहमन्त्रालय श्रोतका अनुसार ज्ञवालीको नाममा प्रधानमन्त्रीले पनि सहमति जनाइसकेकाले गृहमन्त्रीले उनको नाममा मन्त्रिपरिषद्‍मा प्रस्ताव गर्दैछन्।

नयाँ आइजीपीका लागि डीआइजीहरु तारिणी लम्साल र सूर्य उपाध्याय पनि प्रतिस्पर्धामा थिए। तर सरकारले वरियताको पहिलो नम्बरमा रहेका ज्ञवालीलाई आइजीपी बनाउने भएको हो।

हालका आईजीपी सर्वेन्द्र खनालसहित तीन एआईजी र उनका ब्याचका डीआईजीहरुले उमेरहदको कारण अवकाश पाउँदैछन् ।

डीआजी ज्ञवाली र तारिणीप्रसाद लम्सालको प्रहरी महानिरिक्षकको मुख्य दौडमा छन् । तीस वर्ष सेवा अवधिको कायम रहे ज्ञवालीले पनि पाँच महिना मात्र प्रहरी महानिरिक्षकको जिम्मेवारी सम्हाल्नेछन् ।

Loading...
प्रकाशित मिति २८ माघ २०७६, मंगलवार ११:५०