काठमाडौं २८ माघ / रवि लामिछानेले सञ्चालन गर्ने ‘द लिडर शो’ निर्णायकमा दुई जना थपिएको छ । तिनजना निर्णायकको नाम राखेर कार्यक्रमको घोषणा गरेको लामो समयपछि दुईजना निर्णायकहरु थपिएको हो।
दुई नयाँ निर्णायकमा सांसद तथा राजनीतिज्ञ प्रदिप गिरी र पुर्व मन्त्री प्रदिप नेपाल जोडिएका हुन् ।
यसअघि नै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्व प्रधानन्यायाधिस सुशीला कार्की र साझा पार्टीका संयोजक रवीन्द्र मिश्रको नाम निर्णायकमा तय भइसकेको छ । सो कार्यक्रम रियाली शोको फम्र्याटमा रहने बताइएको छ । विभिन्न अडिसन र तह पार गर्दै विजेता घोषणा गरिने बताइएको छ ।
विजेतालाई एउटा गाडी, अमार्टमेन्ट र २० लाख नगद पुरस्कार दिइने पनि जानकारी दिइएको छ ।