बालक भेटिएको सुचना : घरपरिवार सम्म पुर्‍याउन सक्दो सेयर गरिदिनुहोला ।

प्युठान २८ माघ /बाटोमा हिड्दै गरेको अवस्थामा एक अपरिचित बालक आज फेला परेको छ । घर ठेगाना सोधपुछ गर्दा प्युठान मात्र बताउने र अरु थाहा नभएको बताउने बालकले दाइ दिदी र बहिनिको नाम चाहिँ बताएका छन् ।

बालकले दिदीको नाम गीता कामी, दाजुको नाम भरत कामी र बैनीको नाम सुस्मा कामी बताउँछन् । प्युठान घर बताउने बालक बाटोमा हिडिरहेको अवस्थामा फेला परेका हुन् ।

बालकलाई चिन्नुहुने महानुभावले वडा प्रहरी कार्यालय चन्द्रौटा वा निम्न नं. मा सम्पर्क गर्नुहोला । ९८५७०५२०३७, ९८०४४५५२२२, ९८१४४९७६७३

बालकको घरपरिवार सम्म यो खबर पुर्‍याउन सक्दो सेयर गरेर सहयोग गरिदिनुहोला । “सेवा नै धर्म हो”

Loading...
प्रकाशित मिति २८ माघ २०७६, मंगलवार १४:४९