जे माग्यो त्यहि पूरा हुने बागलुङ भैरवस्थानको मन्दिर ( सेयर गरौ )…

बागलुङ / पश्चिमाञ्चलको प्रसिद्ध धामिर्कस्थल बागलुङको बलेवा भैरवस्थान मन्दिर प्रचारप्रसार र ब्यबस्थापनको अभाबमा ओझेलमा पर्दै गएको छ । कालभैरबको रुपमा परिचित भैरव मन्दिरमा नवदुर्गा लगायतका बिशेष पर्वहरुमा ठुलो मेला लाग्दै आएको छ ।भैरव देवताको भाकल गरेमा आँटेको पुरा हुन्छ भन्ने बिश्वासमा बागलुङ, पर्वत, कास्की, स्याङजा तथा गुल्मी लगायत देशैभरीका बर्षेनी ठुलो संख्यामा तीर्थालुहरु आउने गरेका छन् ।

१५ औं शताब्दीमा पाल्पाका राजा मणिमुकुन्द सेनका पालामा दाजुभाईकाबीच झगडा परेपछि एक भाई छुटिएर बलेवामा आएको र भैरव पनि छुट्याएर यही ल्याएर स्थापना गरेको विश्वास गरिन्छ ।मागेको कुरा पुरा भएको भक्तजनको भनाई रहेको भन्दै मन्दिरका पुजारीले मन्दिरलाई परिवर्तन गर्नका लागी समितिको सल्लाह भैरहेको बताउनुभयो ।

करिब १७ सय मिटरको उचाईमा रहेको मन्दिरबाट मनोरम हिमश्रृङखला तथा अन्य क्षेत्रको दृश्यावलोकन गर्न सकिन्छ । मन्दिरसम्म जानका लागी पर्वत र बागलुङ्गको सिमानामा पर्ने मालढुंगादेखि कच्ची मोटरबाटो पुगेको छ ।
कुश्मा बजारबाट बलेवा जोड्ने केबुलकार निर्माण भैसकेपछि भने विशेष पुजाको समयमा धेरै नै भक्तजनहरु आउने गरेको स्थानीयबासीको भनाई छ ।

पहिलेको तुलनामा अझै पनि मन्दिर केही परिवर्तन हुन नसकेको भक्तजनको गुनासो रहेको मन्दिरका पुजारीको भनाई छ ।प्रसिद्ध भैरवस्थान मन्दिरमा धार्मिक पर्यटकको आकर्षण बढिरहदा मन्दिर व्यवस्थापन भने राम्रो संग हुन नसकेको मन्दिरका पुजारीको भनाई थियो ।

मङगलबार र शनिबार विशेष पूजाआजा हुने मन्दिरमा मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ सयौँ भक्तजन पुग्ने गर्छन् । बलेवा क्षेत्रका आधा दर्जनभन्दा बढी गाविसको प्रसिद्ध कोत मन्दिरका रुपमा पनि मन्दिर परिचत छ ।

भौगोलिक हिसाबले पनि सौन्दर्ययुक्त स्थानमा अवस्थित मन्दिरमा पूजाआजाका साथै घुमफिर गर्न जाने पर्यटकको भिड लाग्न थालेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र थापाले बताउनुभयो ।

Loading...
प्रकाशित मिति २९ माघ २०७६, बुधबार ०२:३४