सन्दिप लामिछाने चम्किँदा अमेरिका ३५ रनमै अल आउट

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा नेपाल अहिले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ राजेपछि अमेरिका अहिले ब्याटिङ गरेको थियो । नेपालले जितका लागि ३६ रनको लक्ष्य पाएको छ ।

नेपालका लागि लेग स्पीनर सन्दीप र सुशन भारीले चम्किएपछि अमेरिका ३५ रनमै अलआउट भयो । सन्दीपले ६ र भारीले ४ विकेट लिए। दोस्रो ओभरमा बलिङमा आएका सन्दीपले ओभरको अन्तिम बलमा अमेरिकाका इन हल्याण्डलाई आउट गराई पहिलो विकेट लिएका थिए ।

सुशन भारीले सातौं ओभरमा बलिङमा आएका सुशन भारीले पहिलो बलमा नै विकेट लिए । उनले २२ बलमा १६ रन बनाएर खेलिरहेका जेभियर मार्शललाई पारस खड्काको हातबाट क्याचआउट गराएका हुन् । आठौं ओभरको दोस्रो बलमा मनाङ्क पटेललाई बोल्ड आउट गरे । त्यसैगरी यसै ओभरको पाँचौं बलमा निसर्ग पटेललाई पनि बोल्ड आउट गरे ।

खेलमा सुशन भारीले नेपाललाई पाँचौँ सफलता दिलाए । नवौँ ओभरको तेस्रो बलमा एरोन जोन्सलाई बोल्ड आउट गरेका हुन्।
सन्दीपले ९.५ ओभरमा अमेरिकाको छैटौं विकेट लिए । सुशन भारीले ११ औं ओभरकार पहिलो र अन्तिम बलमा थप २ विकेट लिए।

१२औं ओभरको तेस्रो बलमा सन्दीपले ९औं विकेट लिए । यसै ओभरको अन्तिम बलमा सन्दीपले १० औं विकेट लिए ।

Loading...
प्रकाशित मिति २९ माघ २०७६, बुधबार ०४:४५