झुप्रि भण्डारीकाे पहिलो गीत ‘सम्झि रुनारुना’ सर्बजनिक – भिडियो सहित

काठमाडौं / चर्चित गायन रियालिटि शो “द भ्वाइस अफ नेपाल” बाट चर्चामा आएकी झुप्रि भण्डारिकाे पहिलाे गित सम्झि रुनारुना सार्बजनिक भएकाे छ । झुप्रिले नेपालकाे पहिलाे रियालिटि साे द भाेइस अफ नेपालमा आफ्नै माैलिक गित गाउँदा धेरै दर्शककाे आँखा रसाएका थिए । आजसम्म आफ्नाे आँखाले उज्यालाे र अँध्याराेकाे महसुस गर्न नपाएकि झुप्रिले आफ्नाे जिन्दगीकाे कथाजस्तै गित गाउछिन ।

आँखा नदेखेकै कारणले उनले औपचरिक शिक्षाबाट समेत बन्चित हुनुपर्यो तर पनि उनले सुनेकाे भरमा टपक्कै लय टिपेर आफ्ना पिडालाइ गितमा ढाल्न खप्पिस रहेकि छिन् । आफुलाइ आफ्नाे जिन्दगीदेखि वाक्क लागेकाे र पटक्कै बाच्न मन नलागेकाे अभिव्यक्ति उनका गितमा पाइन्छ । उनका गितमा आमाले नमारेकाे खुव गुनासाे गरेकि छन् । उनका गितमा प्राय निरासावादि चिन्तन पाइन्छ ।

आफ्नै जिन्दगीको वास्तविकतालाई गीतमा उतार्ने झुप्रीलाई काठमाण्डौसम्म ल्याएर संसारभर चिनाएका कमल संघर्षले ‘सम्झी रुना रुना’को गीत लेखनमा सघाएका छन् । गीतमा पाण्डव विष्टको लय रहेको छ भने एरेन्ज विनोद बजुरेलीले गरेका हुन् ।

गीत सडक मिडियाले बजारमा ल्याएको हो । गीतको भिडियो निर्देशन कमल संघर्ष र वरुण रिजालले गरेका छन् । झुप्रीकै घरमा कैद गरिएको भिडियोको दृश्यमा झुप्री सहित उनका बुवा आमालाई देख्न सकिनेछ ।

Loading...
प्रकाशित मिति २९ माघ २०७६, बुधबार १३:०५