जनयुद्धको २५ अौं जयन्ती आज मनाइँदै…

काठमाडौं १ फागुन / नेकपा माओवादी नेतृत्वमा २०५२ साल फागुन १ गतेदेखि शुरू भएको १० बर्षे जनयु’द्धको २५ औं दिवस आज मनाइँदैछ। जनयु’द्ध शुरू भएको दिनलाई स्मरण गर्दै पूर्वमाओवादीबाट विभाजन भएका, जनयु’द्धमा संलग्न नेता-कार्यकर्ता र श’हीद परिवारले यो दिवस मनाउने गर्छन्।

सिन्धुली र गोरखालगायत केही जिल्लाका बैंक तथा प्रहरी पोष्टहरु कब्जा गर्दै शुरू भएको जनयुद्धकै कारण नेपालमा राजतन्त्रको अन्त्य भएको थियो।

द्ध’न्द्धरत माओवादी तथा संसदवादी सात राजनीतिक दलहरुबीचको सम्झौता पश्चात २०६२/६३ मा भएको जनआ’न्दो’लनबाट प्रतिनिधिसभा पुनर्स्थापना भएको थियो।

जनयु’द्धको नेतृत्व गरेका तत्कालिन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड साविकको एमालेसँग पार्टी एकीकरणपश्चात हाल सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष छन्।

Loading...
प्रकाशित मिति १ फाल्गुन २०७६, बिहीबार ०२:३९