काठमाडौं,फाल्गुन ०२ । इन्द्रेणी समाजका अध्यक्ष तथा इन्द्रेणी कार्यक्रमका संचालक कृष्ण कंडेल इजरायल तर्फ प्रस्थान गर्नुएको छ । उहासँगै लोकदोहोरी गायिका बबिता बानिया जेरी र नविन सिक्देल पनि हुनुहुन्छ । उहाँहरुको सो यात्रा चार दिनको हुनेछ ।
इजरायलमा गएर त्यहाँको मौलीक कला सँस्कृतीलाई बुझ्नुको साथै कृषिमा भएको आमुल परिवर्तनलाई सबै नागरीक सामु प्रस्ट पार्ने उद्देश्यले इजरायल जान लागेको इन्द्रेणी समाजका अध्यक्ष तथा इन्द्रेणी कार्यक्रमका संचालक कृष्ण कंडेलले बताउनुभयो ।
यसैबिच उहाँहरुले इजरायलमा रहेका आम नेपालीलाई नेपाली मौलीक कला सँस्कृतीको झल्को दिने खालका प्रस्तुती दिनुहुनेछ । सलुम नेपाल मोमेन्ट को आयोजनामा सो कार्यक्रम सो गरीएको हो । जुन कार्यक्रम इजरायलको तेलवु स्थित एभरेष्ट हलमा हुनेछ ।
इजरायलको तेलवुमा रहने नेपाली दाजुभाई तथा दिदीबहीनीलाई त्यहाँ आएर भरपुर मनोरञ्जन लिईदिनहुनेछ भन्ने हामीले अपेक्षा गरेका छौं । इजरायल प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा कृष्ण कंडेल,बबिता बानिया जेरी र शंकर क्षेत्री बिच घमसान दोहोरी भएको थियो ।