भ्यालेन्टाइन डे त्यस्तो होस जहाँ भोको र बेसहारा मानिसलाई पनि लागोस्

फाल्गुन ०२ काठमाडौं / धेरै वर्ष पहिले रोमन सम्राट् क्लाउडियस द्वितीयले युवाहरु प्रेम र विवाहतिर लागेर सैनिक सेवामा असर पर्छ भन्दै प्रेम र विवाह गर्न प्रति’बन्ध लगाएका थिए । तर भ्यालेन्टाइनलाई सम्राटको निर्णय मन परेन र सम्राटको उर्दी विपरित लुकिछिपी जोडीहरुको बिहे गराइदिन थाले । अनि भ्यालेन्टाइनलाई प क्राउ गरेर जे¥लमा थुनियो र मृ¥त्यु’दन्डको आदेश दिइयो।

जे’लरकी छोरी उनलाई भेट्न जे’लमा आँउदा झु’ण्ड्याइनु अघि उनले “Love from your Valentine” भनि हस्ताक्षर गरेर एउटा नोट ती महिलालाई दिए । भ्यालेन्टाइनलाई ई. पू. २७० को फेब्रुअरी १४ तारिखका दिन झु¥ण्ड्याइयो । त्यसपछी प्रत्येक वर्ष भ्यालेटाइनको सम्झनामा एकअर्कामा प्रेम साटासाट गरेर ‘भ्यालेन्टाइन डे’ मनाउन थालिएको हो ।

आज पनि फेब्रुअरी १४ ‘प्रेम दिवस’ अर्थात ‘भ्यालेन्टाइन डे’ युवायुवतीले एकआपसमा प्रेम प्रकट गर्ने दिन, आफूले मन पराएको केटा वा केटीलाई प्रेम प्रस्ताव राख्ने दिन मलाई माया गर्नुहुने आमाबुबा,दाईदिदी,साथीभाई लगायत मलाई किरन भनेर आ-आफ्नो छुट्टै साइनो दिएर माया गर्नुहुने सम्पुर्णलाई ‘हैप्पी भ्यालेन्टाइन’ भन्न चाहन्छु। म इश्वरसंग यही प्रार्थना गर्नेछु माया गर्नुहुने सबैको माया बढी रहिरहोस र माया नगर्नेको मनमा पनि माया पलाओस।

‘भ्यालेन्टाइन डे’ भन्नेबित्तिकै सबैको मनमा प्रेमप्रस्तावको कुरा आउछ र प्रेमगर्ने भन्दै उच्छृङ्खल गतिबिधी गरेर विकृती फैलाउने क्रम बढ्दो छ। मेरो यही अनुरोध छ प्रेमप्रस्ताव राख्ने भन्दै समाज तथा परिवारको मर्यादालाई नाघेर कसैले पनि भ्यालेन्टाइनको अपमान नगरिदिनुहोला। हजुरहरुको आजको सानो गल्तिले धेरैको जिवन तहसनहस कुन सक्छ त्यसैले भ्यालेन्टाइन डे लाई प्रेमीप्रेमीका बिचमा हुने शारिरिक सम्बन्ध भन्दा पनि आफ्नो मनमा रहनुहुने सबैलाई माया गर्ने भावनात्मक दिनका रुपमा लिनुहोला।

आजको दिनको प्रभावले माया गर्नेहरुको माया अझै प्रगाढ बनोस र घृणा गर्नेहरुको मनमा पनि माया पलाओस। मायाबिना संसार चल्दैन आमाबाबाको मायाले सन्तान हुर्किन्छन र सन्तानको माया पाए आमाबाबा खुशी हुन्छन त्यसैले कसैले पनि आमाबाबाको मायाको मर्यादालाई कुल्चिएर प्रेमदिवस नमनाउनुहोला।

माया केवल युवायुवतीहरु बीचको सम्बन्ध होइन त्यसैले आजको दिन यस्तो बनोस सडकमा खाना माग्ने बच्चालाई पनि आभास होस मैले ‘भिख’ होइन खाना पाइरहेको छु…

समय सान्दर्भिक सुर्य

लेखक – किरण न्यौपाने

Loading...
प्रकाशित मिति २ फाल्गुन २०७६, शुक्रबार ०२:२२