बद्री पंगेनीले ज्यान मार्ने धम्की दिएकै हो त ? यस्तो छ वास्तविकता

काठमाडौं / लोक गायक बद्री पंगेनीले दिए ज्यान मार्ने धम्की’ शिर्षकमा आज बिहानै देखि सामाजिक सञ्जालमा भाइरल भइरहेको समाचार प्रति लोक गायक बद्री पंगेनीले आपत्ति जनाउँदै एक विज्ञप्ति सार्वजनिक गरेका छन् ।

निरमाया रोधी घरको आन्तरिक साजसज्जा र सजावट सँग सम्बन्धित कारोबारमा आफ्नो नाम समेत जोडेर गरिएको यौटा उजुरी प्रति बद्री पंगेनीले घोर आपत्ति जनाएका हुन ।

आपसी कारोबारलाई लिखित सहमतिको आधारमा टुङ्गोमा पुर्याउनुको साटो सस्तो लोकप्रियताको लागि मेरो नामको जुन दुरुपयोग भएको छ, “त्यस प्रति म घोर आपत्ति जनाउँदछु । यदि उजुरी कर्ता व्यक्तिले मैले धम्की दिएको प्रमाणित गर्न सकेमा म जुनसुकै सजाय भोग्न तयार छु।”

हेर्नुहोस् विज्ञप्ति :

Loading...
प्रकाशित मिति १ श्रावण २०७६, बुधबार १७:०९