नैना रेशम

काठमाडौं ०२ फागुन । नेपाली लोक दोहोरी क्षेत्रमा निकै चर्चाको शिखरमा रहेक परदेशी गायक सुर्य खड्काले निकै आसा लाग्दो गित नैनारेशम बजारमा ल्याएका छन् ।

परदेशी भुमीमा बसेर नेपाली लोक संगितको बजारमा आफुलाई एकपछि अर्को चर्चाको शिखरमा लगेका गायक खड्काको यो गित टिकटकमा बजारमा आउनु पुर्व चर्चामा थियो ।

खोली तिरमा मौवाको लोकतो, जानी भए लौ झोला बोक तो, ए नैना ए नैना तिमी जस्ती राम्राी त कोहि छैन । जस्ता गितका निकै रोमाञ्चक शब्दहरु भने भिर्नि झोला गितका शब्द सर्जक शिव अखेलीले गरेका हुन ।

अखेलीले पनि यसअघि झण्डै २ सय बढी गितमा आफ्ना शब्द सिर्जना गरेका छन् ।भद्रगोल टेलिसिरीयलका कलाकार बले तथा टिकटकका जुम्लीया स्टारहरु प्रीन्सी र प्रिज्माले अभिनय गरेको उक्त गितमा गायक खड्कालाई आवाजमा भने दुर्गा सापकोटाले साथ दिएकी छन् ।

Loading...
प्रकाशित मिति २ फाल्गुन २०७६, शुक्रबार ०३:४४