युवायुवतीको गुनासो : डेटिङ जाने ठाउँ नै छैन

काठमाडौं, २ फागुन / आज भ्यालेनटाइन डे अर्थात प्रेम दिवस, प्रेम साटासाट गर्ने काठमाडौंमा डेटिङ जाने ठाउँ नभएको युवायुवतीको गुनासो गरेका छन् ।

काठमाडाैंकाे बसन्तपुरमा भेटिएका युवा युवतीहरुले डेटिङ जानलाई एउटा गतिलो पार्क पनि नभएको गुनासाे गरेका हुन् ।

काठमाडौंमा रहेका केही पार्कहरुमा माया साटासाट गर्न उपयुक्त नभएकाे उनीहरुकाे गुनासाे छ । नाम उल्लेख नगर्ने शर्तमा एक जोडीले काठमाडौंभित्र उचित ठाँउ नभेटेपछि प्रेम दिवस मनाउन गोदावरी पुग्ने बताए ।

उनीहरु भन्छन् , “रत्नपार्क, शंखपार्क जस्ता पार्क त छन् तर त्यहाँ पार्किङको समस्या हुन्छ, एकदमै भिड हुन्छ, खासै सुरक्षित पनि छैन त्यसैले हामी चाहिँ गोदवारी नै जाने ।

काठमाडौंमा मानिसको तुलनामा पार्कहरु कम रहेको त्यसमा पनि उचित पार्किङ नभएको, केही खानेकुरा पनि नपाइने, कोलाहल बढी भएका कारण काठमाडौं भित्रका पार्कमा डेटिङ जाने वातावरण नै नभएको उनीहरुले बताए ।

Loading...
प्रकाशित मिति २ फाल्गुन २०७६, शुक्रबार ०५:२५