खबपुको श्रीमती दिलमाया पुन पहिलोपटक मिडियामा, (भिडियो हेर्नुहोस् )

काठमाडौं ०३ फागुन / नेपालको पहिलो स्ट्यान्ड अप कमेडी रियालिटी शो “कमेडी च्याम्पियन” अन्तिम चरणमा आइपुगेको छ । केही महिना अगाडि देखि सुरु भएको रियालिटि शो मा अहिले जम्मा ५ जना प्रतिस्पर्धिहरु छन् । ५ जनाबाट उत्कृष्ट प्रस्तुति दिँदै सिधै टप ४ मा पुग्न सफल रोल्पाली कमेडियन खड्ग बहादुर पुन मगर ( खपबु चञ्चल)को लोकप्रियता चुलिँदै गएको छ ।

फाइनल नजिकिँदै गर्दा गत हप्ता खबपुले रोल्पाको पीडालाई कमेेडीको रुपमा प्रस्तुत गरेका थिए, धेरै जसो आफ्नै विगतलाई सरल ढंगले कमेडीमा ढाल्दै आएका खबपुले गतहप्ता पनि आफ्नै विगतलाई स्मरण गर्दै उत्कृष्ट प्रस्तुति दिएका थिए ।

खबपुको चर्चा चुलिँदै गर्दा, श्रीमती दिलमाया पुन पहिलोपटक मिडियामा आएकी छिन् । उनले एक युट्युबमा अन्तर्वार्ता दिँदै खबपु सँग बिताएका रमाइला पलहरुको बारे खुलेर बोलेकि छिन् ।

भिडियो हेर्नुहोस्

कमेडी च्याम्पियनमा वरिष्ठ हास्यकलाकार सन्तोष पन्त, मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र फिल्म निर्देशक प्रदिप भट्टराईले जर्जको भुमिका निर्वाह गरिरहेका छन् ।

Loading...
प्रकाशित मिति ३ फाल्गुन २०७६, शनिबार ०६:३१