चिनमा रहेका नेपाली विद्यार्थी लिन उडयो विमान

काठमाडौँ / कोरोना भाइरसबाट आक्रान्त बनेको चीनको वुहानमा रहेका नेपाली विद्यार्थीलाई नेपाल ल्याउनका लागी नेपाल एयरको विमान चीनतर्फ उडेको छ ।

चीनमा रहेका १ सय ८५ जना नेपाली विद्यार्थीहरुलाई उक्त विमानमार्फत शनिबार राति नै स्वदेश ल्याउने सरकारको तयारी अनुसार नै नेपाल एयरको विमान शनिबार दिउँसो ४ बजे चीनतर्फ प्रस्थान गरेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार १८५ जना विद्यार्थीहरुको उद्धारका लागि ४ जना स्वास्थ्यकर्मी, ३ जना पाइलट, ७ जना क्रु मेम्बर, १ जना इन्जिनियर, १ जना प्राविधिक र १ जना डिस्पास्चर गरी १७ जनाको टोली चीन प्रस्थान गरेको हो ।

स्रोतका अनुसार उक्त विमानमा पाइलट यावर कमल, पाइलट महोमद आरिफ, कोपाइलट सुनिल श्रेष्ठ, ६ जना विमान परिचारिका २ जना प्राविधिक इन्जिनियर, एक जना डिस्पाचर, एक जना लोडमास्टर र चार जना नेपाली सेनाका डाक्टर रहेको बताइएको छ ।

चीनबाट फर्केको विमान विमानस्थलमा अवतरण गरे लगत्तै १८५ बिद्यार्थीलाई भक्तपुरको खरिपाटीस्थित विद्युत् प्राधिकरणमा बनाएको क्वारेन्टाइन भवनमा लैजाने तयारी गरिएको छ । भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरणमा बनाएको क्वारेन्टाइन भवनमा नेपालीलाई राख्ने व्यवस्था गरिएको भवनको प्रत्येक तलामा विशेष सुविधा सहित बस्ने ब्यबस्था गरेको सरकारको तयारी छ ।

सरकारले वुहानमा बसोबास गर्दै आएका नेपालीलाइ स्वदेश ल्याउने तयारी गरिरहेका नेपालीले भने आँफुहरु निकै खुशी भएको प्रतिक्रिया दिएका छन् । ति बिद्यार्थीलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने र उनीहरुको दैनिक स्वास्थ्य परीक्षण गरिने तयारी समेत सरकारले जनाएको छ ।

Loading...
प्रकाशित मिति ३ फाल्गुन २०७६, शनिबार ११:०५