चिनबाट ल्याइने नेपालीलाई यसरी राखिनेछ

काठमाडौं / सरकारले कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट आज राति ल्याउने नेपालीलाई १५ दिनसम्म राख्नका लागि जिल्लाको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइन निर्माणदेखि सम्पूर्ण तयारी पूरा गरेको छ ।

क्वारेन्टाइनस्थलमा आज रासस र नेपाल टेलिभिजनका सञ्चारकर्मीलाई सरकारले गरेको तयारीकाबारेमा जानकारी गराउँदै भवन बाहेक सम्पूर्ण नयाँ संरचनाको व्यवस्था गरी तयारी पूरा गरेको शहरी विकास मन्त्रालयअन्तर्गत सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यान्वयन काठमाडौँका सहसचिव कुमार घिमिरेले जानकारी दिनुभयो ।

क्वारेन्टाइनमा अन्तरराष्ट्रिय मापदण्ड पूरा गर्दै आइशोलेसन वार्डमा हुने जतिकै सुविधासहितको व्यवस्था गर्दै भवनमा रङ्गरोगन, बगैँचा निर्माण, भौतिक संरचना एवम् विद्युतीयदेखि स्यानेटेरीसम्मको मर्मत सम्भार, सुत्ने ठाउँदेखि दैनिक उपयोग सम्पूर्ण नयाँ सामानको व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

कोरोना भाइरसबाट आक्रान्त बनेको चीनको वुहानमा रहेका नेपाली विद्यार्थीलाई नेपाल ल्याउनका लागी नेपाल एयरको विमान चीनतर्फ उडेको छ । चीनमा रहेका १ सय ८५ जना नेपाली विद्यार्थीहरुलाई उक्त विमानमार्फत शनिबार राति नै स्वदेश ल्याउने सरकारको तयारी अनुसार नै नेपाल एयरको विमान शनिबार दिउँसो ४ बजे चीनतर्फ प्रस्थान गरेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार १८५ जना विद्यार्थीहरुको उद्धारका लागि ४ जना स्वास्थ्यकर्मी, ३ जना पाइलट, ७ जना क्रु मेम्बर, १ जना इन्जिनियर, १ जना प्राविधिक र १ जना डिस्पास्चर गरी १७ जनाको टोली चीन प्रस्थान गरेको हो । स्रोतका अनुसार उक्त विमानमा पाइलट यावर कमल, पाइलट महोमद आरिफ, कोपाइलट सुनिल श्रेष्ठ, ६ जना विमान परिचारिका २ जना प्राविधिक इन्जिनियर, एक जना डिस्पाचर, एक जना लोडमास्टर र चार जना नेपाली सेनाका डाक्टर रहेको बताइएको छ ।

चीनबाट फर्केको विमान विमानस्थलमा अवतरण गरे लगत्तै १८५ बिद्यार्थीलाई भक्तपुरको खरिपाटीस्थित विद्युत् प्राधिकरणमा बनाएको क्वारेन्टाइन भवनमा लैजाने तयारी गरिएको छ ।

भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरणमा बनाएको क्वारेन्टाइन भवनमा नेपालीलाई राख्ने व्यवस्था गरिएको भवनको प्रत्येक तलामा विशेष सुविधा सहित बस्ने ब्यबस्था गरेको सरकारको तयारी छ ।

सरकारले वुहानमा बसोबास गर्दै आएका नेपालीलाइ स्वदेश ल्याउने तयारी गरिरहेका नेपालीले भने आँफुहरु निकै खुशी भएको प्रतिक्रिया दिएका छन् । ति बिद्यार्थीलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने र उनीहरुको दैनिक स्वास्थ्य परीक्षण गरिने तयारी समेत सरकारले जनाएको छ ।

– रासस

Loading...
प्रकाशित मिति ३ फाल्गुन २०७६, शनिबार १२:१४