गौतमबुद्ध क्रिकेट रङ्गशालालाई आइचर व्यावसायिको सहयोग

नुवाकोट ०४ फागुन / नुवाकोटका आइचर व्यावसायिहरुले चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माणको लागि ३५ आइचर रोडा, बालुवा सहयोग गरेका छन ।

राष्ट्रिय गौरवको आयोजना रंगशाला निमार्णको लागि रोडा बालुवा सहयोग गरेको आईचर व्यवसायीका प्रतिनिधि इन्द्रलाल श्रेष्ठले जानकारी दिए ।

राष्ट्रिय झण्डासहित ब्यानर हालेर शनिबार नुवाकाेटबाट गएको टोलीले आज बिहान रंगशाला निमार्ण स्थलमै पुगेर रंगशाला निर्माण अभियन्ता कुमार कट्टेल “जिग्री” लाई बालुवा हस्तान्तरण गरेको हो।

अन्य समाचार :

सुबिहानी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र सेन्टि भाइरसको प्रमोशनल गीतको छायांकन गरिएको छ । यहि आउँदो फागुन ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा सेन्टि भाइरसको प्रचारप्रसारमा सहयोग पुग्ने हिसाबले पार्टि जिताइदे बोलको गीतको सोमबार छायांकन गरिएको हो ।

चितवनको भरतपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परिसरमा छायांकन गरिएको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार कुन्जना घिमिरे, सन्दिप क्षेत्री, विल्सन बिक्रम राईलाई देख्न सकिनेछ ।

भिडियो चलचित्रका लेखक दीपक आचार्यले निर्देशन गरेका छन् । भिडियोमा राजनितिक पार्टिको प्रचार तथा दुईपार्टि बिचको झैझगडालाई देखाइएको छ ।

चलचित्रमा शंकर थापा स्माइल, राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत छ । २ करोडको लागतमा बनेको चलचित्रको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् । चलचित्रका सहनिर्माता फूर्पा लामा हुन् ।

कुमार कट्टेल र दीपक आचार्यले लेखेको कथामा बनेको चलचित्रका निर्देशक ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङ हुन् । यो चलचित्रको आम्दानीको ५० प्रतिशत चितवनमा निर्माण भैरहेको ‘क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने बताइएको छ ।

Loading...
प्रकाशित मिति ४ फाल्गुन २०७६, आईतवार १०:१०