कपिलवस्तु, ०४ फगुन / कपिलवस्तुमा एकजना सञ्चारकर्मीले विष सेवन गरेर देह’त्याग गरेका छन् । जिल्लाको वाणगंगा ११ हथौसामा घर भएका सञ्चारकर्मी कृष्ण भुसालले वि’ष सेवन गरी देह’त्याग गरेका हुन् ।
भुसाल कपिलवस्तुस्थित रेडियो बुद्धआवाज र बुद्धआवाज टिभीमा कार्यक्रम प्रस्तोताको रुपमा कार्यरत थिए ।
उनले वि ष सेवन गर्नुको कारण खुलेको छैन् । आइतबारविहान मात्र उनले वि”ष सेवन गरेको थाहा भएपछि कपिलवस्तु सामुदायिक अस्तापल ल्याइएको थियो ।
यहाँ उपचार सम्भव नभएपछि उनलाइ तत्काल बुटवल रेफर गरिएको थियो । तर उनको अस्पताल लैजादै गर्दा बाटोमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
भुसाल सञ्चारमाध्यमका साथै शिक्षण पेशामा पनि आवद्ध थिए । उनले वाणगंगा ११ ओदारीको लिटिल स्टार इंग्लिस बोर्डिङ स्कुलमा लामो समय देखि अध्यापन गराउँदै आएका थिए ।
पछिल्लो केही महिना यता भुसाल मानसिक तनावमा रहदै आएको पारिवारिक स्रोतले बताएको छ । उनका एक छोरी र श्रीमती छन् ।