सेन्टी भाइरसको गीतमा सन्दीप क्षेत्री र विल्सन राईकोको झगडा

काठमाडौं /कलाकारिता संगै समाजसेवामा दिनरात खटिरहेका धुर्मुस सुन्तलिको निर्माण तथा अभिनयमा तयार भएको फिल्म “सेन्टिभाईरस”को मुभी प्रमोसनल गित “आफ्नो पार्टी जिताइदे” सार्बजनिक भएको छ । उक्त सार्बजनिक गितमा प्रमोद खरेल र बिध्या मंजु तिवारीको स्वर रहेको छ भने हर्क सौदको सब्द तथा सुसान्त गौतमको संगीत रहेको छ ।

उदयराज पौडेल ले एरेञ्ज गरेको उक्त गितको भिडियोमा विल्सन बिक्रम राइ , कुन्जना घिमिरे , सन्दिप क्षेत्री , संजु शाह, सिताराम कट्टेल, दयाहाङ्ग राइ आदि कलाकारको अभिनय रहेको छ भने यहि फागुन ९ गतेबाट सार्बजनिक प्रदर्शनमा आउने सो फिल्ममा ईटहरीबाट नेपालकै प्रतिनिधित्व गर्दै ईन्डियाको प्रतिष्ठित टेलिभिजन शो “सारेगमप लिटिल च्याम्प”मा पुगेर लोकप्रिय बनेका प्रीतम आचार्यले पनि अभिनय गरेका छन् ।

दिपक आचार्यले निर्देशन गरेको सेन्टीभाईरस फिल्मलाइ चन्दन दुतले सम्पादन गरेका छन् भने अलिश राइले कोरियोग्राफ गरेका छन् । हालसम्म एक गीत “फनफन्नी” र ट्रेलर सार्बजनिक भैसकेको छ । ट्रेलर र गीतले युट्युबमा राम्रै प्रतिक्रिया संगै भ्युज पनि बटुलिरहेको छ ।

यता गायकको रुपमा लोकप्रियता हासिल गरेका प्रीतमले कस्तो अभिनय गर्ला भन्ने कौतुहलता जागेको छ । यसमाथी पनि उनी सानो धुर्मुसको अवतारमा देखिने खबरले उनको गेटअप पनि कस्तो होला भन्ने जिज्ञासा बढेको छ ।

Loading...
प्रकाशित मिति ४ फाल्गुन २०७६, आईतवार १४:५८