गोंगबु नयाँबसपार्क बाट ५७ जना पक्राउ

काठमाडाैं, ४ फागुन / प्रहरीले गोँगबु नयाँबसपार्क क्षेत्रमा आ, पराधिक क्रियाकलापमा संलग्न ५७ जनालाई प,क्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले शनिबार राति चलाएको शुद्धीकरण अभियानमा गेष्ट हाउसका सञ्चालकसहित ५७ जनालाई पक्राउ गरेको हो । पक्राउपर्नेमा ४० पुरुष १६ महिला र एक तेस्रोलिङ्गी छन् ।

प्रहरीले गेष्ट हाउस सञ्चालन गरेर वे,श्यावृत्तिमा लगाउने शिवपुरी गेष्ट हाउसका सञ्चालक विनोद भट्टराई, मुस्ताङ गेष्ट हाउसका सञ्चालक नरेन्द्र पोमु र वाग्लुङ भोजनालयका सञ्चालक सोमबहादुर तामाङलाई पक्राउ गरेको छ ।

यसैगरी गेष्ट हाउसमा विचौलियाका रुपमा कार्यरत विष्णु थापा, अशोक पोमु र कमल कालाखेतीलाई समेत नियन्त्रणमा लिएको छ । अभियानका क्रममा जबर्जस्ती करणी मुद्दामा फरार अपराधी शनकाजी दर्जी पनि प क्राउ परेका छन् ।

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले नयाँबसपार्क क्षेत्रको वि कृति, विसङ्गति अन्त्यका लागि अभियान चलाएको बताउनुभयो । वेश्यावृत्ति, पाकेटमार र जबर्जस्ती करणी मुद्दामा फरार व्यक्तिलाई नियन्त्रणका लागि पनि अभियान चाल्नु परेको उहाँको भनाइ छ ।

अभियानका क्रममा प्रहरीले विभिन्न होटल तथा रेस्टुराँबाट १०० लिटर घरेलु मदिरासमेत नष्ट गरेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले नयाँबसपार्क क्षेत्रलाई आकर्षक क्षेत्रका रुपमा विकास गर्न यहाँभित्र रहेका विकृति विसङ्गति अन्त्यका लागि थप प्रहरी परिचालन गरी अप्रेसन चलाइएको बताउनुभयो ।

महाराजगञ्ज प्रहरीले पाँच महिनाको अवधिमा बसपार्क क्षेत्रमा अनै,तिक क्रियाकलापमा लाग्ने झण्डै एक हजार व्यक्तिलाई पक्राउ गरी कारवाही गरिसकेको छ । प।क्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...
प्रकाशित मिति ४ फाल्गुन २०७६, आईतवार १५:१९