काठमाडौं ०५ फागुन / काठमाडौंका दिवेश पोखरेल ‘अमेरिकन आइडल’ को हलिउडको प्रस्तुतिका लागि छनोट भएका छन् ।
आइतबार अमेरिकी च्यानल ‘एबिसी’ बाट प्रसारण पहिलो श्रृंखलाबाट उनी छानिएका हुन् । आर्थर गनका उपनामले गाउँदै आएका २० वर्षका पोखरेल करिव ६ वर्षअघि अमेरिका गएका थिए । उनी आफ्ना बुबा–आमासहितको परिवारमा क्यान्सस राज्यको विचिटामा बस्छन् ।
छनौटका प्रस्तुत हुँदा उनले आफू नेपालमा जन्मेको र नेपालको सुन्दरतामाथि प्रकाश पार्ने कोशिस गरेका थिए । पोखरेले आफू ६ वर्ष हुँदादेखि गाउन थालेको बताएका छन्।
अन्य समाचार
काठमाडौं । आज फागुन ५ गते सोमबार यूके पाउण्ड र कुवेती दिनारसहित केही देशको भाउ सामान्य बढेको छ । नेपाल राष्ट्रबैकंलृे आजका लागी तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज आज स्थिर रहेको विदेशी मुद्राको विनिमयदर आज सोमबार केही घटबढ भएको हो । आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ९१ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ ५१ पैसा रहेको छ।युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ ६२ पैसा र बिक्रिदर १ सय ४९ पैयाँ ४० पैसा रहेको छ।
यूरो एकको खरिददर १ सय २३ रुपैयाँ ३९ पैसा तथा बिक्रिदर १ सय २४ रुपैयाँ ४ पैसा रहेको छ।युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ १८ पैसा रहेको छ।कुवेती दिनार एकको खरिददर ३ सय ७३ रुपैयाँ ५९ पैसा तथा बिक्रिदर ३ सय ७५ रुपैयाँ ५६ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५३ पैसा रहेको छ।त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४४ पैसा रहेको छ।
मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ५० पैसा तथा बिक्रिदर २७ रुपैयाँ ६५ पैसा रहेको छ।बहराईन दिनार एकको खरिददर ३ सय २ रुपैयाँ १४ पैसा तथा बिक्रिदर ३ सय ३ रुपैयाँ ७३ पैसा रहेको छ।