जिल्ला अदालत काठमाडौंले दियो महरालाई सफाइ

काठमाडौं / जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरालाई सोमबार दिउँसो सफाइ दिएको छ ।  आइतबार सम्पूर्ण बहस सकिएपनि समय अभावले आज फैसला गरेको हो ।

जिल्ला अदालत काठमाडौंको सुरुको आदेशपछि आँखामा आँसु निकालेका महरा जिल्ला अदालतमा अन्तिम बहसका क्रममा भने हँसिलो अनुहारमा उपस्थित भएका थिए । अदालतबाट कारागारतर्फ जानेक्रममा पनि उनले सबैलाई हात हल्याए ।

महरा प्रकरणमा जिल्ला अदालतले मुद्दा हेर्दाहेर्दैमा राखेकाले अब भोलि मात्र अन्तिम फैसला आउने भएको छ । न्यायाधीश अम्बरराज पौडेलको इजलासमा पक्ष विपक्षका कानुन व्यवसायीले आइतबार अन्तिम बहस गरेका थिए ।

Loading...
प्रकाशित मिति ५ फाल्गुन २०७६, सोमबार ०९:०१