“जान्छु नेपाल जान्छु”…

बाध्यताले परदेशिएका लाखौं नेपालीको प्रतिनिधित्व गर्दै सर्जक विष्णु न्यौपानेले “जान्छु नेपाल जान्छु” बोलको गीत बजारमा लिएर आएका छन् । मातृभूमि छाडेर पराई देशमा दिनरात नभनी परिवारको खुशीको लागि संघर्ष गरिरहेका हरेक नेपालीको कथालाई गीतमा समेटिएको छ ।

चर्चित लोकप्रिय गायिका शान्ति श्री परियार र दीपक थापाको आवाजमा ‘जान्छु नेपाल जान्छु’ बोलको गीतको भिडियो डिजिटल बजारमा भयको छ । सागर विरहीको लय तथा बिष्णु न्यौपानेको सब्दमा रहेको उक्त गीत नेप्को इन्टरटेनमेन्ट बाट बजारमा आयको छ ।

स्मृति तिमिल्सिना को निर्देसन रहेको उक्त भिडियोमा रन्जिता गुरुङ, बिमल अधिकारी, आयुष्मा कार्की र जित सागर रावतको अभिनय रहेको छ । भिडियोको छायांकन सुरेश श्रेष्ठ र सम्पादन प्रकाश दमलाको रहेको छ ।

भिडियो हेरौ ।

Loading...
प्रकाशित मिति ५ फाल्गुन २०७६, सोमबार ०९:३८