महराले अब सांसदको सेवा सुविधा पाउने

काठमाडौं ०५ फागुन / काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएका पूर्वसभामुख कृष्णबहादुर महराले सांसदको सेवा सुविधा फुकुवा हुने भएको छ।

गत असोज १२ गते संसद सचिवालयकै कर्मचारीमाथि ब ला*त्कार प्रयास अभियोग लागेर पुर्पक्षका लागि जेल चलान भएका महराको सांसद पद पनि पुर्नस्थापित हुने भएको छ। उनी आजै डिल्लीबजार कारागारबाट छुट्ने भएका छन्।

संसद सचिवालयकी एक कर्मचारीलाई जवरजस्ती करणी गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका महरालाई सोमबार अदालतले सफाइ दिएको थियो।

Loading...
प्रकाशित मिति ५ फाल्गुन २०७६, सोमबार १०:१३