सरकारले ह्वात्तै घटायो डिजेल र पेट्रोलको भाउ

काठमाडौं ०५ फागुन / नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँको दरले घटाइएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

निगमका अनुसार पेट्रोल प्रतिलिटर रु १०८, डिजेल र मट्टितेल समान रु ९७ कायम भएको छ । यसअघि पेट्रोल प्रतिलिटर रु ११० र डिजल तथा मट्टितेल प्रतिलिटर रु ९९ रहेको थियो । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने हाल यथावत राखिएको छ ।

इन्डियन आयल कर्पोरेसनले पठाएको पछिल्लो मूल्यसूची अनुसार पेट्रोलियम पदार्थको मूल्य घटाइएको हो ।

अन्य समाचार : फिल्म ‘नीरफूल’को ‘तिमी बदनामी’ बोलको पहिलो गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अभिनेत्री रेखा थापाले डान्स बारमा गीत गाइरहेको दृश्य प्रस्तुत गरिएको छ ।

दुर्गा खरेलको स्वर रहेको गीतमा फुलमान बलको शब्द र अर्जुन पोखरेलको संगीत रहेको छ । यो गीतलाई राजेन्द्र राजबाहकले कोरियोग्राफी गरेका हुन् । भूकम्पका कारण बिछोडिएका एक परिवारको प्रेमकथामा आधारित फिल्मलाई सञ्चारकर्मी फूलमान बलले निर्देशन गरेका हुन् ।

गणेश हिमाल क्षेत्रमा पर्ने रुबी भ्याली र काठमाडौंमा छायांकन गरिएको फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, मानस राज लगायतले अभिनय गरेका छन् । फिल्ममा अभिनेत्री रेखा थापा विशेष भुमिकामा छिन्।

फिल्मको पटकथा सचिन घिमिरे र निर्देशक वल स्वयंले लेखेका हुन् भने सचिन एशोसिएट निर्देशकको रुपमा पनि छन् । फिल्मको निर्माणमा ‘सहकार्यको मोडल’ अपनाइएको निर्देशक वलले जनाए । फ्रेण्ड्स अफ नेपाल(म्यान्मार फ्रेन्डसिप काउन्सिलको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता भने दुबईकी डोमा सोनाम हुन् । यो फिल्म फागुन ३० गते देखि प्रदर्शन हुँदैछ ।

Loading...
प्रकाशित मिति ५ फाल्गुन २०७६, सोमबार १५:४८