काठमाण्डौं २ साउन। विक्रम रानाको नयाँ तीज गीत ‘सितारा जोडेको सारी’ सार्वजनिक भएको छ । करण न्यौपानेको शब्द तथा एकनारायण भण्डारीको भाकामा तयार भएको गीतमा विक्रमलाई देवी घर्ती मगरले साथ दिएकी छिन् ।
स्मृती शाही, पुष्पा बोहोरा, बिलन थापा, गंगा पुन लगायतले समुह गाएनमा साथ दिएको गीत ‘सितारा जोडेको सारी’ मा कमल सौरागले संगीत संयोजन गरेका छन् ।
महेन्द्र गौतम र आरुसी मगरको अभिनय रहेको गीतको भिडियो निर्देशन अमर सुनारको सहयोगमा प्रकाश भट्टले गरेका छन् । भिडियो हेर्नुुहोस् :
https://www.youtube.com/watch?v=pJnJVqRmCAA