१७ बर्षिया युवतीलाई विवाह गर्छु भन्दै प्रेमीले भारत बेच्न पुर्‍याएपछि……

काठमाडौं ०६ फागुन / चोखो माया गरेको प्रेमीले बेच्ला भनेर कसले कल्पना गरेको हुन्छ ? यस्तै नसोचेको घटना व्यहोर्नु पर्यो मोरङको धनपालथान गाउँपालिकाकी १७ वर्षीया एक किशोरीले ।

मन र मुटु दिएको प्रेमी २२ वर्षीय सञ्जय मण्डलले आफ्नो भिनाजुसँग मिलेर विवाहको बहाना बनाई भारतमा पुर्याएर बेच्न खोजेको आरोपमा प्रहरीले धनपालथान गाउँपालिका ६ कदमाहाका ३८ वर्षीय जगतनारायण मण्डललाई पक्राउ गरेको छ । सञ्जय हाल फरार छन् ।

प’क्राउ परेका जगतनारायण सञ्जयका भिनाजु हुन् । जगत पक्राउ परेपनि सञ्जय फ’रार भएकोले उनको खोजी कार्य तीब्र बनाएको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर आजको ब्लाष्ट टाइम्समा समाचार छापिएको छ । सांकेतिक तस्बिर

अन्य समाचार : काठमाडौं उपत्यकाभित्रका विजुलीका तारलाई भूमिगत बनाउने काम सुरु गरिएको छ । उक्त कामको सुभारम्भ आज प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको हो । पहिलो चरणमा काठमाडौंको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा काम सुरु गरिएको हो ।

प्रधानमन्त्री ओलीले सोमबार बिहान महाराजगञ्ज क्षेत्रबाट विद्युतीय तारलाई भूमिगत बनाउने कामको शुभारम्भ गर्नुभयो ।

महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका बालुवाटार, पानीपोखरी, बूढानीलकण्ठ, टोखा, गोंगबु, समाखुशी, धापासी, बसुन्धरा, शिवपुरी, चुनिखेल, सुकेधारा, धर्मस्थली, शिक्षण अस्पताललगायतका स्थानहरुमा ११ हजार भोल्टेज र ४ सय भोल्टेजको भूमिगत लाइन निर्माण गरिने छ । २५० किलोमिटर अप्टिकल फाइबर पनि बिछ्याइने छ ।

त्यस्तै रत्नपार्क, बागबजार, पुतलीसडक, न्यूरोड, अनामनगर, जमल, लैनचौर, ठमेल, नक्साल, सोह्रखुट्टे, त्रिपुरेश्वर, टेकु, थापाथली, माइतीघर, सिंहदरबार, लाजिम्पाट, गौशाला, एयरपोर्ट, बानेश्वर, चाबहिल, बौद्ध, जोरपाटीलगायतका स्थानहरुमा पनि तार भूमिगत गरिने ।

ती क्षेत्रमा ११ हजार भोल्टेज र ४ सय भोल्टेजका क्रमशः करिब २ सय र ४ सय किलोमिटर तार भूमिगत गरिने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।

Loading...
प्रकाशित मिति ६ फाल्गुन २०७६, मंगलवार ०२:३२